काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घ (ईयू)का राजदूत भेरोनिक लोरेन्जोले आज बिदाइ भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरू नेपाल–ईयू सम्बन्ध, आपसी हित तथा चासोका विभिन्न विषयमा छलफल भएको थियो । सो अवसरमा राजदूत लोरेन्जोले परराष्ट्र मन्त्रालयसँगको उत्कृष्ट सम्बन्धका लागि धन्यवाद व्यक्त गर्दै मन्त्रालय सहयोगी, सक्रिय र उत्तरदायी रहेको बताए