मनसुनका कारण विभिन्न सडक प्रभावित

  • मङगलबार २ भौ २०८३ ०९:५५ AM
काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरो, लेदो तथा सडक भासिएका कारण देशका विभिन्न स्थानका सडकखण्ड प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लाका १२ सडकखण्डमा आवागमन प्रभावित भएको छ । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी (बिपी राजमार्ग) मा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सवारीसाधनको आवागमन