काठमाडौं । केवाईसी अपडेटका नाममा बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले केवाईसी अपडेटका नाममा ठगी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको हो । ब्यूरोले गरेको प्राविधिक विश्लेषणका क्रममा ठगीमा संलग्न रहेको खुलेका चार जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट पक्राउ गरिएको हो । पक्राउ