बैंकको केवाईसी अपडेट गर्ने भन्दै ठगी गर्ने ४ जना पक्राउ

  • मङगलबार २ भौ २०८३ ०९:३३ AM
बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। साइबर ब्युरोको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा गत साउन ३१ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा बाराको देवताल गाउँपालिका–४ बस्ने २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका–१६ बस्ने