एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर पाल्पामा सञ्चालनमा

  • मङगलबार २ भौ २०८३ ०९:४० AM
एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा भदाै १ गतेदेखि पाल्पाको तानसेन-७, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। यस काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ५ पुगेको छ। उक्त स्थानमा बैंकको काउन्टरको स्थापनासँगै पाल्पा बासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले लिएको छ।