भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन्। नेपालको औपचारिक भ्रमणमा रहेका जनरल सेठले आज कलेजको भ्रमण गर्दै त्यहाँ सञ्चालन भइरहेका विभिन्न गतिविधिबारे जानकारी लिएका छन्। उनले कमाण्ड तथा स्टाफ तालिममा सहभागी शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रियासमेत गरेका छन्। मध्यम तहका अधिकृतको स्टाफ तथा नेतृत्व क्षमता विकासका लागि सञ्चालन हुने