विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ ५ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री निकट नेकपा एमालेका सांसद रेवतिरमण भण्डारीले शुक्रबार विश्वासको मत लिने गरी तयारी भइरहेको जानकारी दिएका हुन् । सांसद भण्डारीका अनुसार सत्ता साझेदार दल फेरिएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । ‘नेपाली कांग्रेसले अहिलेसम्म समर्थन फिर्ता लिइसकेको छैन, तर नेकपा सरकारमा सहभागी भइसकेकाले नैतिकताका आधारमा मुख्यमन्त्रीज्यूले विश्वासको मत लिनुहुनेछ,’ भण्डारीले भने । सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले पनि आफूले चाँडै विश्वासको मत लिने बताएका थिए । यता, सरकारलाई ... The post मुख्यमन्त्री कार्कीले भदौ ५ गते विश्वासको मत लिने appeared first on Kalika Khabar.