काठमाडौं । नेपालको विद्युतीय सवारी तथा दूरसञ्चार क्षेत्रमा नयाँ सहकार्य सुरु भएको छ। विद्युतीय सवारी निर्माता बीवाईडी र दूरसञ्चार सेवा प्रदायक एनसेलबीच भएको विशेष साझेदारीसँगै नेपालमा बिक्री हुने नयाँ बीवाईडी गाडीमा एनसेलको आईओटी सिम जडान भएर आउने भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा दुई कम्पनीबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। यो सहकार्यले नेपाली बजारमा कनेक्टेड कारको अवधारणालाई थप विस्तार गर्दै सवारी साधनलाई स्मार्ट, कनेक्टेड र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ। आईओटी सिममार्फत बीवाईडीका ग्राहकले गाडीको इन्फोटेनमेन्ट प्रणालीबाट विभिन्न अनलाइन सेवा प्रयोग गर्न सक्नेछन्। युट्युब, स्पोटिफाइ, काराओकेलगायतका मनोरञ्जनात्मक सुविधाका साथै बीवाईडीको एप इकोसिस्टम र ... The post बीवाईडी र एनसेलबीच विशेष साझेदारी, अब नयाँ गाडीमै आईओटी सिम appeared first on Kalika Khabar.