सीपीपीसीसीका नेता जियानगुओ ६ सदस्यीय टोलीसहित नेपाल आइपुगे

  • मङगलबार २ भौ २०८३ ०८:२६ AM
काठमाण्डु– चीनको राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) को राष्ट्रिय समितिको स्थायी समितिका सदस्य जियाङ जियानगुओ नेपाल आइपुगेका छन्। जातीय तथा धार्मिक मामिला समितिका उपनिर्देशक समेत रहेका जियानगुओसहित ६ सदस्यीय प्रतिनिधिमण्डल मंगलबार दिउँसो १२ः५१ बजे काठमाण्डु आइपुगेको हो । जियाङ मानव अधिकार अध्ययन समाजका कार्यकारी उपाध्यक्षसमेत हुन्। जियाङ नेतृत्वको प्रतिनिधिमण्डल हिमालय एयरलाइन्सको उडानमार्फत ल्हासाबाट काठमाण्डु आइपुगेको