गोरखा । साउन १८ गते सोमबार बिहान करिब ११ः०० बजेको थियो । बिहानैदेखि अविरल वर्षा भइरहेको थियो । सदाझैँ मानसिंह गुरुङ र उनकी श्रीमती चित्रकुमारी बिहानको खाना खाइवरी आराम गर्दै थिए । दुईवर्षका नाति पनि थिए साथमा । बुहारी जागिरमा गएकी थिइन्, नातिनी विद्यालय । मानसिंहका छोरा आकाश भने मनकामनामा जागिरे छन् । उतै बस्थे