उचित भाडादरको माग गर्दै राइडरहरू आन्दोलित

  • मङगलबार २ भौ २०८३ ०८:२३ AM
न्यायोचित भाडादर, कमिसन कटौती र श्रमको उचित मूल्यांकनको माग गर्दै राइड सेयरिङ चालक तथा राइडरहरूले प्रदर्शन गरेका छन्। स्वतन्त्र चालक फाउण्डेशन नेपालले मंगलबार काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्दै कम्पनीहरूसँग वार्तामार्फत समस्या समाधान गर्न माग गरेको हो। राइडरहरूले न्यूनतम भाडादर र सुरक्षाको ग्यारेन्टीसमेत माग गरेका छन्।