सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन : हर्क साम्पाङ

  • मङगलबार २ भौ २०८३ ०७:३८ AM
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई ९हर्क साम्पाङ० ले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सरकारका विभिन्न मन्त्रालयहरूको कार्यसम्पादन र जवाफदेहितामाथि प्रश्न उठाए । सांसद राईले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्मले आ–आफ्नो जिम्मेवारी वहन गर्न नसकेको टिप्पणी गरे । उनले सीमा रक्षा, शान्ति सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रणजस्ता आधारभूत विषयमा सरकार असफल रहेको बताए । प्रधानमन्त्रीले संसद्‌मा उपस्थित भएर जनताका प्रश्नहरूको दफावार उत्तर दिनुपर्ने उनको माग छ । ‘सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन ... The post सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन : हर्क साम्पाङ appeared first on Kalika Khabar.