स्थानीय चुनावमा निरन्तर काम गरेका कार्यकर्तालाई रास्वपाले प्राथमिकता दिने

  • मङगलबार २ भौ २०८३ ०७:४६ AM
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टी स्थापनादेखि निरन्तर संगठनमा सक्रिय रहेकालाई प्राथमिकतामा राख्ने संकेत गरेको छ। सभापति रवि लामिछानेले पार्टीको सुरुवाती चरणदेखि जिम्मेवारी सम्हाल्दै आएका कार्यकर्ताको उम्मेदवार बन्ने सम्भावना तुलनात्मक रूपमा बढी रहने बताएका छन्। ‘गाउँपालिका क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने क्रममा लामिछानेले पार्टी निर्माणको प्रारम्भिक अवस्थादेखि निरन्तर खटिएका व्यक्तिको योगदानलाई उम्मेदवार छनोटमा महत्व दिइने बताएका हुन्। उनका अनुसार पार्टी स्थापना भएपछि संगठन विस्तारका क्रममा सक्रिय रहेका र विभिन्न कठिनाइबीच पार्टीको पक्षमा काम गरेका व्यक्तिले स्थानीय निर्वाचनमा प्रतिस्पर्धाका लागि सहज ... The post स्थानीय चुनावमा निरन्तर काम गरेका कार्यकर्तालाई रास्वपाले प्राथमिकता दिने appeared first on Kalika Khabar.