अनलाइन व्यापारमा सरकारको कडाइ, अनिवार्य सूचीकृत हुन निर्देशन

  • मङगलबार २ भौ २०८३ ०७:४९ AM
काठमाण्डु– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यम तथा डिजिटल प्लेटफर्ममार्फत वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीलाई अनिवार्य रूपमा सूचीकृत भएर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयको विद्युतीय व्यापार, विज्ञान तथा सूचना प्रविधि शाखाले जारी गरेको सूचनामा विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१ र ई–कमर्स निर्देशिका, २०८२ कार्यान्वयनमा आइसकेकाले कानुनी प्रक्रिया पूरा गर्न