काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकार जनसरोकारका विषयमा संवेदनशील नभएको र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केरुङले देशभर फैलिएको प्राकृतिक विपद्, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका हुन् । बैठकमा विशेष समय लिएर बोल्दै सांसद केरुङले जाजरकोट, बाजुरा,