जंगली हात्तीको आतंक नियन्त्रणको लागि वैज्ञानिक व्यवस्थापन गर्न माग

  • मङगलबार २ भौ २०८३ ०६:२२ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले जंगली हात्तीको आतंक नियन्त्रणको लागी वैज्ञानिक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले झापा–३ क्षेत्रमा भारतबाट ठूलो संख्यामा प्रवेश गरेका जंगली हात्तीका कारण स्थानीयवासीको जनजीवन प्रभावित भएको भन्दै तत्काल नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । हात्तीको बथानले