काठमाण्डु– बाढीपहिरोका कारण जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएपछि डोल्पावासीको दैनिक आवतजावतदेखि अत्यावश्यक सेवासम्म प्रभावित भएको भन्दै नेकपा सांसद् धनबहादुर बुढाले तत्काल सडक सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको सून्य समयमा बोल्दै सांसद बुढाले भेरी करिडोर डोल्पाका नागरिकका लागि सामान्य सडक मात्र नभई जिल्लाको मुख्य जीवनरेखा भएको बताए । सडक बन्द हुँदा डोल्पाको