देशको मुहार फेर्न अहोरात्र काम गरिरहेका प्रधानमन्त्रीको आलोचना गर्न मिल्दैनः रास्वपा सांसद् पराजुली

  • मङगलबार २ भौ २०८३ ०६:२९ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद भरत पराजुली प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को बचाउमा उत्रिएका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले रातदिन जनताको पक्षमा काम गरिरहेको भए पनि आलोचना बढेको भन्दै आपत्ति जनाए । ‘केही गर्छु’ भनेर अघि बढ्ने व्यक्तिमाथि प्रश्न र आलोचना स्वाभाविक रूपमा धेरै हुने तर्क उनको थियो ।