बासना भन्छिन्- ३५ लाख खर्च गरेर मन्त्रीलाई हेलिकप्टरमा ल्याउने, जनताका लागि ३ लाख खर्च गर्न नसक्ने ?

  • मङगलबार २ भौ २०८३ ०७:१३ AM
काठमाण्डु– कांग्रेस सांसद बासना थापाले मन्त्रीलाई ३५ लाख खर्च गरेर हेलिकप्टरमा ल्याउन सक्ने, ३ लाख खर्च गरेर जनतालाई राहत पुर्‍याउन नसक्ने भनेर प्रश्न गरेकी छिन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले पूर्वाधार मन्त्रीलाई सामान्य बिरामी हुँदा कर्णालीबाट हेलिकप्टरमा काठमाण्डु ल्याइएको विषयमा यस्तो प्रश्न गरेकी हुन्। थापाले भनिन्, ‘कर्णालीका जनताले सिटामोल पाउँदैनन्। सुत्केरीले समयमा अस्पताल पाउँदैनन्।