काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीका नागरिकले आधारभूत स्वास्थ्य सेवा नपाइरहेका बेला मन्त्रीलाई भने लाखौँ रुपैयाँ खर्च गरेर हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको भन्दै सरकारको आलोचना गरेकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले आम नागरिकले राहत र सामान्य औषधिसमेत पाउन नसकेको बताइन् । उनले सुत्केरी महिलाले समयमा अस्पताल पुग्न नसक्ने अवस्था रहेको तर