स्कारपियो दुर्घटनामा घाइते लक्ष्मी बडुको सैनिक अस्पतालमा उपचारका क्रममा निधन

  • मङगलबार २ भौ २०८३ ०६:५३ AM
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी लक्ष्मी बडुको मृत्यु भएको छ । काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । आज मंगलबार बिहान बिहान १०ः०४ बजे अस्पताल पु¥याइएकी ४९ वर्षीया बडुको बिहान १०ः२९ बजे मृत्यु भएको हो । लक्ष्मी उच्च अदालत वीरगन्जका रजिस्ट्रार तारादत्त बडुको पत्नी हुन् ।