काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा नयाँ दर निर्धारण भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आजका लागि कारोबार मूल्य सार्वजनिक गरेको हो। महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तोकिएको छ। दश ग्राम सुनको मूल्य २ लाख ६३ हजार ३० रुपैयाँ कायम भएको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ पुगेको छ। दश ग्राम चाँदी खरिदका लागि ४ हजार ७७ रुपैयाँ तिर्नुपर्ने महासङ्घले जनाएको छ। The post आज कति छ सुनचाँदीको मूल्य ? यस्तो छ नयाँ दर appeared first on Kalika Khabar.