नाडा अटो शो २०२६ भदौ ९ देखि, २ लाख आगन्तुक भित्र्याउने लक्ष्य

  • मङगलबार २ भौ २०८३ ०५:४५ AM
काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करण यही भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजना हुने ६ दिने प्रदर्शनी नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा **‘स्वर्ण उत्सव संस्करण’**का रूपमा भव्यताका साथ आयोजना गर्न लागिएको हो। एचपी लुब्रिकेन्ट्स मुख्य प्रायोजक रहेको प्रदर्शनीले तीव्र रूपमा विकसित भइरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ प्रविधि, उत्पादन र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्नेछ। करिब ३ लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा ... The post नाडा अटो शो २०२६ भदौ ९ देखि, २ लाख आगन्तुक भित्र्याउने लक्ष्य appeared first on Kalika Khabar.