सरकारी कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्न महालेखाको परिपत्र

  • मङगलबार २ भौ २०८३ ०५:५७ AM
काठमाण्डु– संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन्। अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शनअनुसार महालेखा नियन्त्रक कार्यालयले संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रूपमा तलब–भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाएको हो। महालेखा नियन्त्रक कार्यालयको बजेट तथा शोधभर्ना शाखाले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारी चोक