एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न इच्छुक भए पनि आफूले राखेका सर्तहरू मान्न तयार नभएको बताएका छन् । दुई देशबीच तय गरिएको ६० दिने वार्ताको समयसीमा समाप्त भएसँगै राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार निर्माण गर्न नदिने आफ्नो