एजेन्सी । इरान र ओमानबीच सामरिक महत्त्वको होर्मुज जलडमरूमध्यमा समुन्द्री यातायातका लागि नयाँ मार्गको नक्शांकनका बारेमा सहमति भएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी दिएका हुन् । प्रवक्ता बाघेईले होर्मुज जलडमरूमध्यबाट सुरक्षित आवतजावत सुनिश्चित गर्न इरान र ओमानबीच भइरहेको वार्तामा महत्वपूर्ण प्रगति भएको बताए