काठमाडौं । सांसदहरूले वैदेशिक रोजगारमा देखिएका विकृति, स्वास्थ्य क्षेत्रको दयनीय अवस्था, अनलाइन ठगी र सुशासन जस्ता जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मङ्गलवार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसद बलावती शर्माले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकहरूले भोग्नुपरेको समस्याप्रति चिन्ता व्यक्त गरे । दैनिक रूपमा नेपालीहरूको शव स्वदेश भित्रिने क्रम नरोकिएको र