काठमाडौं । सामसङ नेपालले ग्राहकले प्रयोग नगरेका पुराना मोबाइल तथा विद्युतीय उपकरणलाई पुनः प्रयोगमा ल्याउने योजना अघि सारेको छ । कम्पनीले नयाँ मोबाइल खरिद गर्दा ग्राहकबाट ट्रेड–इनमार्फत पुराना फोन संकलन गर्नेछ । संकलन भएका फोनको अवस्था जाँच गरी पुनः प्रयोग गर्न मिल्ने उपकरणलाई फेरि प्रयोगमा ल्याइनेछ । सामसङका अनुसार ट्रेड–इनबाट प्राप्त उपकरणको परीक्षण र मूल्यांकन