बेलायतमा कार्यरत नेपाली डाक्टर भन्छन्- चिकित्सक भगवान होइनन्, सेवक हुन्

  • मङगलबार २ भौ २०८३ १०:१२ AM
काठमाडौं । बेलायतमा कार्यरत नेपाली डाक्टर सुनिल साहले नेपालको स्वास्थ्य प्रणालीमा पछिल्लो दशकमा केही सुधार भए पनि नेपालजस्तै निम्न तथा मध्यम आय भएका अन्य मुलुकको तुलनामा अपेक्षित गति लिन नसकेको बताएका छन् ।  उनले नेपालको स्वास्थ्य प्रणालीमा पूर्वाधार, उपकरण, जनशक्ति र प्रणालीगत समन्वय गरी चारवटा पक्षमा अझै ठूलो सुधार आवश्यक रहेको बताएका हुन् ।  शाहले भूकम्पपछि नेपालको स्वास्थ्य क्षेत्रमा सुधार भएपनि अफ्रिका, भारतलगायत नेपालजस्तै आर्थिक अवस्थाका मुलुकसँग तुलना गर्दा नेपालले स्वास्थ्य क्षेत्रमा अपेक्षित प्रगति गर्न नसकेको बताए ।  उनका अनुसार युरोपेली संघमा प्रवेशका लागि समेत स्वास्थ्य, शिक्षा र जीवनस्तरलाई प्रमुख मापदण्डका रूपमा हेरिने भएकाले कुनैपनि देशको समग्र विकासका लागि स्वास्थ्य प्रणालीको सुधार महत्वपूर्ण हुन्छ । उनले भने, ‘पोस्ट अर्थक्वेक नेपालको हेल्थ सिस्टममा धेरै सुधार भएको छ । तर हामीले कम्पेयर गरेर हेर्नुपर्छ । नेपालजस्तै लो–मिडल इन्कम कन्ट्रीमा अफ्रिकामा भएको सुधार हेर्ने हो भने हाम्रो त्यतिको भएको छैन। इन्डियामा १० वर्षमा जति सुधार भएको छ, त्यति पनि भएको छैन ।’ स्वास्थ्य प्रणालीका चार पक्षमा सुधार आवश्यक उनका अनुसार नेपालको स्वास्थ्य प्रणालीलाई मुख्यतः चारवटा पक्षबाट हेर्नुपर्ने हुन्छ । पहिलो पूर्वाधार तथा ठाउँ, दोस्रो उपकरणको खरिद र उपयोग, तेस्रो स्वास्थ्य जनशक्ति र चौथो स्वास्थ्य प्रणालीमा आवश्यक समन्वय हो ।  साहले नेपालमा अस्पताल तथा स्वास्थ्य संस्थाका लागि पूर्वाधार र उपकरणमा लगानी भएपनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताए । सरकारी तथा क्षेत्रीय स्तरमा उपकरण खरिद भएपनि ती उपकरण सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा करोडौंको लगानी प्रयोगविहीन हुने अवस्था रहेको उनको भनाइ छ । मधेस प्रदेशका विभिन्न अस्पतालको भ्रमणका क्रममा आफूले त्यस्तो अवस्था प्रत्यक्ष देखेको साहले अनुभव सुनाए । उनले राजविराजदेखि वीरगञ्जसम्मका अस्पतालको अवस्था हेरेको उल्लेख गर्दै कतिपय अस्पतालमा आवश्यक उपकरण भए पनि त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति अभाव रहेको बताए। उपकरण छन्, दक्ष जनशक्ति छैनन् लहान अस्पतालको उदाहरण दिँदै उनले अस्पतालमा सिटी स्क्यान मेसिन भए पनि त्यसको रिपोर्ट गर्न रेडियोग्राफर र रेडियोलोजिस्टको अभाव रहेको बताए । उनले भने, ‘लहानमा सिटी स्क्यान छ, तर सिटी स्क्यानको रिपोर्ट गर्ने न रेडियोग्राफर छन्, न रेडियोलोजिस्ट छन्। जहाँ रेडियोग्राफर र रेडियोलोजिस्ट नै छैनन् भने सिटी स्क्यान किन पठाउनुपर्यो