सडकमा पैदलयात्रीको सुनको सिक्री लुट्ने र किन्ने चार जना पक्राउ

  • मङगलबार २ भौ २०८३ ०४:२२ AM
काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा पैदलयात्री महिला तथा जेष्ठ नागरिकलाई निशाना बनाएर सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन ३१ गते उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मोटरसाइकल चालक भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने ३२ वर्षका योगेन्द्र तामाङ र सिक्री तान्ने काममा संलग्न रामेछापको दोरम्बा गाउँपालिका-२ ढोईगाउ घर भई हाल पेप्सिकोला बस्ने ३६ वर्षका काले भन्ने देबेन्द्र थापा मगर छन्। त्यसैगरी चोरीको सुन किन्ने कार्यमा संलग्न भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ ... The post सडकमा पैदलयात्रीको सुनको सिक्री लुट्ने र किन्ने चार जना पक्राउ appeared first on Kalika Khabar.