बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित

  • मङगलबार २ भौ २०८३ ०५:०३ AM
म्याग्दी : बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ भने सञ्चालनमा रहेका दुई आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ। सडकमार्ग अवरुद्ध हुँदा निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी रोकिएपछि धवलागिरि, अन्नपूर्ण र मालिका गाउँपालिकाका आयोजनाहरू प्रभावित भएका हुन्। म्याग्दीमा निर्माणाधीन ५३.५ मेगावाटको अपर म्याग्दी–१, ३७ मेगावाटको माथिल्लो म्याग्दी, ६५ मेगावाटको म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला, ९.१४ मेगावाटको सुपर घलेम्दी र ६.५ मेगावाटको दरखोला जलविद्युत् आयोजनाको निर्माण सुस्त बनेको छ। अपर म्याग्दी–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार घुमाउने (फापरखेत), बाङ्गेपहिरो र इल्पुमा खसेको पहिरो तथा शिवरात्रि खोलामा आएको ... The post बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित appeared first on Kalika Khabar.