राँझा । बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको क्षेत्रमा सकारात्मक परिवर्तन गरेको छ । नरैनापुरमा अहिले घरमै सुत्केरी गराउने प्रवृत्ति घट्दै गएको छ । वडास्तरमा गाउँमै प्रसूति सेवा केन्द्र सञ्चालनमा आएपछि घरमै सुत्केरी गराउने पुरानो परम्परामा परिवर्तन आएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले बताए । “विगतमा घरमै सुत्केरी गराउँदा धेरै