नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख सेठले आज प्रधानमन्त्री बालेनलाई भेट्दै

  • मङगलबार २ भौ २०८३ ०४:३२ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ता दिउँसो साढे २ बजे सिंहदरबारमा हुन लागेको हो । चारदिने नेपाल भ्रमणका क्रममा भारतीय स्थल सेना प्रमुख सेठ आइतबार काठमाडौं आएका हुन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए