काठमाडौं । संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन् । महालेखा नियन्त्रक कार्यालयले परिपत्र जारी गर्दै मातहतका सबै कार्यालयलाई अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यमा गरिएको व्यवस्थाअनुसार यो प्रणाली लागू गर्न लागिएको