कपिलवस्तु । कपिलवस्तुमा रहेको कपिलवस्तु संग्रहालयको संगठनात्मक संरचना परिवर्तन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पुरातत्व विभागले साविकको कपिलवस्तु संग्रहालय कार्यालय खारेज गरी ‘कपिलवस्तु संग्रहालय तथा स्मारक संरक्षण कार्यालय’ कायम गरेको हो । कपिलवस्तु संग्रहालय तथा स्मारक संरक्षण कार्यालय, तिलौराकोटबाट जारी गरिएको सूचनाअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संगठन तथा व्यवस्थापन