आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव बढुवाका लागि ४५ शाखा अधिकृत सिफारिस, कुन सेवाबाट को ?

  • मङगलबार २ भौ २०८३ ०९:१८ AM
काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सेवातर्फ लिएको आन्तरिक प्रतिस्पर्धा (आप्र) परीक्षाबाट ४५ जना शाखा अधिकृतलाई सम्बन्धित सेवातर्फको उपसचिव पदमा सिफारिस गरेको छ । सिफारिस हुनेमध्ये सबैभन्दा धेरै नेपाल प्रशासन सेवाको सामान्य प्रशासन समूहका २१ जना छन् । त्यसपछि प्रशासन सेवाकै राजस्व समूहबाट आठ जना उपसचिवमा सिफारिस भएका छन् । त्यस्तै, प्रशासन सेवाको लेखा समूहबाट तीन जना र नेपाल लेखा परीक्षण सेवाबाट तीन जना सिफारिस भएका छन् । नेपाल न्याय सेवाको न्याय समूहबाट चार जना, सरकारी वकिल समूहबाट तीन जना र कानुन समूहबाट दुई जना उपसचिवमा सिफारिस भएका छन् । परराष्ट्र सेवाबाट भने एक जना मात्रै सिफारिस भएका छन् । सबैभन्दा बढी सामान्य प्रशासनतर्फ २१ जना नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सोसरह पदमा २१ जना सिफारिस भएका छन् । सिफारिस हुनेमा हरिकृष्ण बुढाथोकी, विनोद रोक्का, टङ्कराज गौतम, दिनेश ढुङ्गाना, राजन केसी, माधवप्रसाद पोख्रेल, प्रदीपचन्द्र सुवेदी, अमृत सिग्देल, पीताम्बर सारू, सुदिपसिंह सुनार, विनीता सुवेदी, गोविन्दप्रसाद भण्डारी, सरुपा पाण्डे, हिमलाल शर्मा, जयराम गजुरेल, प्रविन दाहाल, सूर्य सुब्बा, विशेष गौतम, नरेश कटवाल र विश्व विजय शर्मा छन् । राजस्वतर्फ आठ जना सिफारिस हुँदा लेखातर्फ तीन जना नेपाल प्रशासन सेवा, राजस्व समूहको उपसचिव पदमा दुर्गा पौडेल, गङ्गाराम सापकोटा, विनोद पाठक, सञ्जयकुमार सरदार, नवराज पराजुली, शिशिर रिजाल, रिषिराम अर्जेल र सुवन शर्मा सिफारिस भएका छन् । प्रशासन सेवाकै लेखा समूहबाट चित्रबहादुर केसी, कृष्णप्रसाद पराजुली र कृष्णप्रसाद ज्ञवाली सिफारिस भएका छन् । त्यस्तै, नेपाल लेखा परीक्षण सेवातर्फ शम्भु गैरे, शिवजी खड्का र नीलकण्ठ चापागाईँ उपसचिव पदमा सिफारिस भएका छन्। न्याय सेवाबाट नौ जना नेपाल न्याय सेवाको न्याय समूहबाट प्रकाश ज्ञवाली, श्रुति श्रेष्ठ, एकराज कार्की र भरतकुमार घिमिरे सिफारिस भएका छन् । न्याय सेवाकै सरकारी वकिल समूहबाट सफला धिताल, आदित्यकुमार यादव र उमङ्ग निरौला तथा कानुन समूहबाट सरिना रेग्मी र राजेन्द्र पाण्डे उपसचिवमा सिफारिस भएका छन् । नेपाल परराष्ट्र सेवातर्फ भने रोनाल राई मात्रै उपसचिव पदमा सिफारिस भएका छन्। यसरी लोक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट विभिन्न सेवाका कुल ४५ जना शाखा अधिकृत सम्बन्धित सेवाको राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात् उपसचिव वा सोसरह पदका लागि सिफारिस भएका हुन् ।