दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको घुइँचो व्यवस्थापन तथा सेवा प्रवाहलाई थप सहज र व्यवस्थित बनाउन स्क्रिनसहितको नयाँ टोकन प्रणाली सञ्चालनमा ल्याएको छ । कार्यालयले सोमबारदेखि नयाँ प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता तथा नागरिकताको प्रतिलिपिलगायतका सेवा प्रवाह सुरु गरेको हो । नयाँ टोकन प्रणाली लागू भएसँगै सेवा लिन आउने सेवाग्राहीले घण्टौँसम्म कार्यालयको लाइनमा बसेर