काठमाडौं । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरमा दुर्घटनामा परेको छ । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको