मकवानपुरको जुराखेतमा न्यायाधीश डाँगी सवार गाडी दुर्घटना, ६ जना घाइते

  • मङगलबार २ भौ २०८३ ०३:३३ AM
काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको भीमफेदीमा दुर्घटनामा भएको छ। दुर्घटनामा न्यायाधीश डाँगीसहित ६ जना घाइते भएका छन्। भीमफेदी गाउँपालिका-६ स्थित जुराखेतमा प्रदेश ३-००२ झ ५१८३ नम्बरको स्कार्पियो गाडी दुर्घटना भएको हो। दुर्घटनामा परेर घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय