पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

  • मङगलबार २ भौ २०८३ ०२:५५ AM
सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको पुनःप्रयोग बढाउने योजना अघि सारेको छ । कम्पनीले ट्रेड–इनमार्फत संकलन हुने पुराना स्मार्टफोन तथा अन्य उपकरणलाई परीक्षण र मूल्यांकन गरी आवश्यकताअनुसार पुनःप्रयोगमा ल्याउने जनाएको हो । सामसङले सोमबार नेपालमा नयाँ ग्यालेक्सी जेड सिरिज सार्वजनिक गर्दै पुराना उपकरण व्यवस्थापनलाई पनि आफ्नो ‘ओनरसिप इकोसिस्टम’को हिस्सा बनाएको जनाएको हो ।