४२ स्थानीय तहले पाए नयाँ प्रमुख प्रशासकीय अधिकृत, ४५ कर्मचारी सरुवा [सूची]

  • मङगलबार २ भौ २०८३ ०७:२७ AM
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ जना कर्मचारीको सरुवा गरेको छ । सरुवा हुनेमा २३ जना उपसचिव र २२ जना शाखा अधिकृत रहेका छन् । मन्त्रालयले सरुवा गरेका ४५ जनामध्ये ४२ जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको छ । जसमध्ये २३ जना उपसचिवलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने २२ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ । त्यस्तै, दुई जना उपसचिव र एक जना शाखा अधिकृत गरी तीन जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट अन्य निकायमा सरुवा गरिएको छ । मन्त्रालयले यसै क्रममा दुई जना कर्मचारीलाई दोहोर्‍याएर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको छ । मन्त्रालयले गरेको पछिल्लो सरुवासँगै विभिन्न स्थानीय तहमा रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृतका पदमा कर्मचारी व्यवस्थापन गरिएको हो ।