काठमाडौं । कर्णालीमा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाले निर्माणका लागि आवश्यक लगानीको ठूलो हिस्सा जुटाएको छ । आयोजना प्रवर्द्धक तिला पावर कम्पनीले बैंक तथा वित्तीय संस्थासँग वित्तीय व्यवस्थापन सम्झौता गरेपछि आयोजना निर्माणको बाटो थप सहज भएको हो । कालीकोटमा निर्माण हुने आयोजनाको कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ अनुमान गरिएको छ