जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठुलो परिमाणमा लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लाल बन्दी नगरपालिका–१ नवलपुरस्थित अञ्जली अस्पताल अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा डाबरीबाट