काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठक आज सम्पन्न भएको छ । बैठकको समापनका क्रममा समसामयिक राजनीतिक विषयवस्तुका साथै पदाधिकारी तथा सदस्यहरुद्वारा उठाइएका विषयमा सभापति गगनकुमार थापाले स्पष्ट पारेका थिए । केन्द्रीय कार्यसमितिद्वारा पारित गरिएका निर्णयहरू मङ्गलबार अपरान्ह ३ बजे पार्टीका प्रवक्ता देवराज चालिसेमार्फत् पार्टीको केन्द्रीय