डिजिटल प्रविधिसँगै कपिलवस्तुको यातायातमा नयाँ सुरुवात, पाँच विद्युतीय सवारीबाट ‘ई–ड्राइभ’ सञ्चालन

  • सोमबार १ भौ २०८३ ०४:२३ PM
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–१, बैरियास्थित मायादेवी रिसोर्टबाट ‘ई–ड्राइभ लुम्बिनी’को विद्युतीय सवारी सेवा औपचारिक रूपमा सुरु भएको छ। विद्युतीय सवारीसँगै डिजिटल बुकिङ प्रणालीलाई जोडेर यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित यातायात सेवा दिने उद्देश्यसहित सेवा सञ्चालनमा ल्याइएको हो। शुभयात्रा ई–मोबिलिटी प्रा.लि.को आयोजनामा सुरु भएको सेवाको शुभारम्भ वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले गर्नुभएको हो। प्रारम्भिक चरणमा पाँचवटा