काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले गुरही पर्व थारू समुदायको संस्कृति, परम्परा र प्रकृतिसँगको गहिरो सम्बन्ध झल्काउने मौलिक पर्व भएको बताएकी छन् । काठमाडौंमा आयोजित गुरही कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुरही अर्थात् गाइने किराको पूजा गर्ने परम्पराले थारू समुदाय प्रकृतिमा रहेका हरेक जीवप्रति सम्मान र संरक्षणको भावना राख्दै आएको पुष्टि हुने बताइन्