सामुदायिक विद्यालयको अवस्था बुझ्न शिक्षा मन्त्री पोखरेलले थाले अवलोकन

  • सोमबार १ भौ २०८३ ०३:५४ PM
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको वास्तविक अवस्था बुझ्न काठमाडौंका विभिन्न विद्यालयको अवलोकन सुरु गरेका छन् । सामुदायिक विद्यालयको शैक्षिक अवस्था, पठनपाठनको स्थिति, विद्यालय व्यवस्थापन तथा विद्यार्थीका समस्या र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिन मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको अवलोकन गर्ने अभियान सुरु गरेको हो । अभियानअन्तर्गत मन्त्री पोखरेलले काठमाडौंका चार सामुदायिक विद्यालयमा पुगेर