काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप लगाएका छन् । सोमवार राती प्रहरी हिरासतबाट निस्किएपछि सञ्चाकर्मीसँगको कुराकानीमा उनले जनआस्थामा प्रकाशित समाचार गलत भए राज्यले कानुनी प्रक्रियामार्फत त्यसको खण्डन गर्न कानुनी व्यवस्था हुँदाहुँदै सरकार स्वयंले आफूमाथि पात्र खडा गरी प्रतिशोध साँधेको आरोप लगाए । सरकारले जनआस्थाविरुद्ध विभिन्न व्यक्तिलाई प्रयोग