काठमाडौं । सरकारले मलसम्बन्धी देखिएका समस्याहरूको अल्पकालीन र दीर्घकालीन समाधानसहितको विकल्प सिफारिस गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको नीति विश्लेषण तथा समन्वय शाखाले आज विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधि सम्मिलित ‘मल नीतिसम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव प्रधुम्न