काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै गुट वा समूह नरहेको दाबी गरेका छन् । सोमवार चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘क्याण्डिडेट क्लब’ घोषणा गर्नेक्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले पार्टीको महाधिवेशन सम्पन्न भएसँगै पार्टी समायोजनको सम्पूर्ण काम सकिएको भन्दै गुटबन्दीमा नलाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए ।